मतदातालाई प्रभावित गर्न सडक ग्रावेल

दाङ, २० कात्तिक ।
मतदातालाई प्रभावमा पार्न सडकमा ग्रावेल बिछ्याउँन थालिएको छ । घोराही उपमहानगरपालिका – ११ नयाँबस्ति, बाङ्गेसाल,बाँसगजेरी जोड्ने बनखेतसम्मको सडकमा ग्राबेल थुप्रार्ने काम गरिएको हो । मंसिर ४ मा हुने प्रतिनिधी र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिई वडा अध्यक्ष कुलबहादुर लामिछानेले सर्वसाधारणलाई भुक्याउँन सडक ग्राबेलको काम थालेको स्थानियहरुले बताएका छन् ।

             

हिजोबाट ग्रावेलको काम सुरु भएको बताउँदै स्थानियले आज वडा अध्यक्षकै पहलमा बाङ्गेसाल,बाँसगजेरी गाउँमा नेकपा एमालेको टोल भेला गराउँदै हिडेको उनिहरुको भनाई छ । लामो समय देखि अलपत्र परेको सडक चुनाव नजिक आउँदै गर्दा सर्वसाधारणको मत बटुल्ने बाहाना सडक मर्मत थालेको स्थानिय मैया पुनले जानकारी दिनुभयो । पटक/पटक सडक बनाऊँ भन्दा वडा अध्यक्षले हाम्रा कुरा सुनेन्न हिजो देखि वडा अध्यक्ष कस्सिएका छन् किन हो ? थाहा छैन पुनले भनिनन् ।


बर्षातको समय सारा हिलोकिचोबाट हिड्यौ वडाको आँखा पुगेन घर घरै के चाहियो भनेर वडा अध्यक्ष आउँछन् उनले भने । ग्राबेल बिच सडमै थुप्रिएको छ त्यसलाई सम्याउँने ध्यान पुगेको छैन जसका कारण दुर्घटनाको जोखिम बढेको छ । जसका कारण गाउँमा सम्म साईकल,मोटरसाईकल, अटो पुग्ने अबस्था छैन ।

यस्तै वडा अध्यक्ष लामिछाने घोराही– रक्षाचौर सडक खण्डको जितपुर कुलोमा ह्युमपाई लगेर फालेको भेटिएको छ । वडा अध्यक्ष लामिछाने निर्वाचन आचार संहिता विपरित कार्यमा संलग्न भएको पाईएको छ ।