राप्ती बबईमा मतदान कार्य रोकियो

तुलसीपुर,७ फागुन ।
दाङको राप्ती बबई क्याम्पसमा मतदान कार्य रोकिएको छ । अनाधिकृत रुपमा परिचय पत्र भेटिएपछि मतदान कार्य रोकिएको हो । दिउसो २ बजेतिर रोकिएको मतदान कार्य साढे ३ बजेसम्म पनि सूचारु हुन सकेको छैन । अहिले मतदान सूचारु गर्नकालागि छलफल भइरहेको छ ।


नेविसंघले तालाबन्दी गरेका कारण ५ गते क्याम्पसमा मतदान हुन सकेको थिएन । त्यसपछि भएको छलफलले आज मतदान गर्ने मिति तय गरिएको थियो । विहानदेखि मतदात कार्य भइरहेपनि दिउसो परिचय पत्र ब्यक्तीको गोजीमा भेटिएपछि अखिल संयक्तले आपत्ति जनाएको थियो ।