तुलसीपुर १५ मा कुवा वितरणमा एकलौटी भएपछि विवाद

दीपक बोहरा
दाङ,२१ चैत । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ ले गरीब घर परिवारलाई भनेर कुवा वितरण ग¥यो । वडाको बजेटबाट गरीबलाई १२ वटा कुवा वितरण गरेपनि ति कुवा भने गरीबको घरमा पुग्न सकेनन् । हुने खाने र समाजका टाँठाबाठालाई नै दिइयो । सामुदायिक कुवा भनेपनि ब्यक्तीगत घरभित्र राख्न थालेपछि त्यसको विरोध भएको छ ।

वडाको भुह्यारथान टोलमा ऋषिराज पण्डितको घरमा त्यो कुरा दिईएको छ । उनको घरमा यस अघि नै कुवा थियो । अहिले वडाले पनि उनलाई नै कुवा दिइएको छ । तर, नजिकै गरीब परिवार रचना रैदासको घर छ । उनलाई चुनाबको बेला कुवाँ दिन्छौं भनेर पनि भोट मागे तर, अहिले उनले कुवा नपाएर सम्पन्न परिवारलाई कुवा दिईएको हो ।‘चुनाबका बेला घरमै आएर कुँवा दिउला भनेर भोट माग्नु भएको थियो’,उनले भनिन्‘तर, अहिले कसैले दुईवटा कुवा पाए, हामीलाई दिदै दिएनन् ।’

घरमा कुँवा नहुँदा अर्काको घरबाट पानी ल्याएर खानुपर्ने अबस्था छ । त्यहाँ खानेपानीको स्रोत भनेको कुँवा नै हो । कुवा भन्दा अर्को विकल्प छैन । तर, सामूहिक कुवा नहुँदा आर्थिक अबस्था कम्जोर भएकाहरुलाई भने अर्काको घरबाट पानी ल्याएर खानुपर्ने अबस्था रहदै आएको छ । भुह्यारथान टोलमा तीन वटा कुँवा मध्ये सुन्दर रैदास, अमृत बुढा र ऋषिराज पण्डितको घरमा त्यसरी कुवा उपलब्ध गराईएको थियो ।


तर, टोलमा कुवा दिदा आफूहरुलाई कुनै जानाकरी र समन्वय नगरेको टोल अध्यक्ष शिवराम चौधरीले बताए ।‘हामीसंग सल्लाह पनि भएन, कसरी दिए, के आधारमा दिए’,उनले भने‘गरीब घर पहिचान गरेर दिनु पर्ने हो ।’
एउटा घरमा कुँवाकालागि ४० हजारका दरले रकम उपलब्ध गराईएको कार्यबहाक वडाध्यक्ष मंगल चौधरीले बताईन् । टोल विकास संस्थाहरुको माग अनुसार कुवा प्रदान गरिएको समेत उनले बताए । केही ठाउँमा विवाद भएकाले ति विवाद मिलाउन तर्फ आफूहरु सक्रिय रहेको उनको भनाई छ ।