बनरक्षकको तयारी गर्न नदीमा पसेका आशिषको डुबेर मृत्यु, जो घरका एक्ला छोरा थिए

दाङ, २८ भदौ । दाङमा बन रक्षकको परीक्षाकालागि पौडी खेल्ने अभ्यास गर्न नदीमा जाँदा एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरी  निवासी १९ बर्षीय आशिष चौधरीको आईतबार मृत्यु भएको हो । उनी दंगीशरण गाउँपालिका वडा नं. ३ स्थित बबई नदीमा पौडीको अभ्यास गर्न गएका थिए ।

आशिषका साथी दंगीशण घर भएका विशाल चौधरीको घरमा गएको बेला पौडी खेल्न साथीहरुसंग बबई नदीमा गएका थिए । त्यही क्रममा नदीमा गएको र पौडिन नसकेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।‘बन रक्षककालागि पौडिनु पर्ने, रुख चढ्नु पर्ने रहेछ’, उनले भने‘त्यसकै लागि उनी बबई नदीमा हाम फालेछन्, राम्रोसंग  पौडिन नआउने रहेछ, त्यसपछि उनको मृत्यु भयो ।’


आफूहरुलाई दिउसो १ बजेतिर जानकारी आएको डीएसपी अर्यालले बताए ।  उनी घरका एक्ला छोरा रहेको उनका वुवाले प्रहरीलाई जानकारी गराए ।  आशिषले घोराहीमा अटोमोवाईल्स कोर्ष पढिरहेका थिए । शुक्रबार मात्रै उनका साथी विशालको घरमा गएका थिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'