लमही नगरपालिका र सहकारी संचालकविच अन्तरक्रिया

प्रिया स्मृती गजमेर
लमही, १९ भदौ ।
लमही नगरपालिकाले नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले आर्थिक रुपले विपन्न भएका मानिसहरुको लागि सहकारी वरदानको रुपमा सावित भएको बताईन् । निम्न आयस्रोत भएका मानिसहरुले साना उद्यम संचालन गरेर जिविकोपार्जन गर्न सहज भएको उनको भनाई छ ।

‘सहकारीमा आबद्ध भएर धेरै दिदिबहिनीहरुले बाख्रा पालन, कुखुरा पालन, पसल, तरकारी खेती, कटाईसिलाई जस्ता उद्यम गरि आर्थिक आयाआर्जनमा सबल भएका धेरै उदाहरण छन्’– कार्यबाहक नगर प्रमुख योगीले भनिन् । सहकारीलाई राम्रोसँग बुझेर कर्जा लिने र समयमा कर्जा चुक्ता गर्ने तर्फ पनि ध्यान दिनु पर्ने योगीको भनाई छ ।

‘समस्या समाधान गर्दै आएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले बताए । सहकारी हुनेखानेको संस्था हैन, न्यून आय भएका मानिसको कारोबार सहज तरिकाले चल्ने उदेश्यले खोलेका सहकारी हुन, यी संस्थालाई न्यून आय भएका मानिसकै हितमा लागेर काम गर्नु पर्छ’ – श्रेष्ठले भने । संस्थाको मर्म विपरीत नचल्न पनि सहकारी संचालकहरुलाई प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आग्रह गरे ।


नगरपालिका भित्र रहेका सहकारीलाई नगरपालिकाले तीन/तीन महिनाको एक पटक बोलाएर भेला गर्दै आएको छ । सहकारीमा उठेका विभिन्न खाले समस्याहरुको के कसरी समाधान गर्न सकिन्छ भन्नेबारे नगरपालिका र सहकारीविच व्यापक छलफल हुन्छ’– प्रशासन शाखाका अधिकृत महेश थापा ठेंडीले बताए ।

लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखाका प्रमुख अधिकृत महेश थापा ठेंडीले गरेका थिए ।

वार्षिक लेखा परिक्षण र विनियम संशोधन विषयमा संस्थाको संचालक समितिका अध्यक्ष/व्यवस्थापकहरुसंग लमही नगरपालिकाले छलफल गरेको हो ।