दंगीशरणमा कान सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुने

प्रमोद आचार्य,
दंगीशरण, १३ माघ ।
ब्रीटेन नेपाल सिद्धार्थ अस्पताल नेपालगन्ज बाँके र दंगिशरण गाउँपालिका हेकुली दाङको संयुक्त आयोजनामा शुक्रबारदेखी ३ दिन कान सम्बन्धि स्वास्थ्य शिविर आयोजना गरीएको स्वास्थ्य शाखा दंगीशरणका प्रमुख राजेन्द्र हमालले बताउनुभयो ।

दंगीशरण गाउँपालिकाले बजेट नै छुट्टाएर पालिकाभित्र बसोबास गर्ने कसैको पनि कान सम्बन्धि समस्या नहोस भन्ने उदेश्यले शिविरको आयोजना गरीएको पालिका अध्यक्ष सम्भु गिरीले बताउनुभयो । शिविरमा भेटीएका सामान्य बिरामिलाई उपचार गर्ने , अल्लि जटिल बिरामिलाई शल्यक्रिया गर्ने, र हेड्फोन आवश्यक पर्ने बिरामिलाई हेड्फोन सहित सबै कुरा निःशुल्क गर्ने प्रबन्ध मिलाएको पालिका अध्यक्ष गिरीले बताउनुभयो ।


आज शुक्रबार पहिलो दिन प्राथमिक स्वास्थ्य केन्द्र बागर १४ गते दोस्रो दिन स्वास्थ्य चौकि गोल्टाकुरी र १५ गते हेकुलि स्वास्थ्य चौकिमा शिविर संचालन हुने बताइएको छ । यस्तै पालिका अध्यक्ष गिरीले कान सम्बन्धि समस्या भएका सबैले मौकाको फाइदा उठाइ उपचारको सेवा लिन आग्रह गर्नु भएको छ ।