बबई क्याम्पसको मतपत्रमा संगठनको नाम नभएपछि विवाद

टेकराज भण्डारी,
तुलसीपुर, ४ चैत ।
दाङको राप्ती बबई क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतपत्रमा सङ्गठनको नाम नभए पछि बिबाद भएको हो । समानुपातिक मतपत्रमा नाम छ, भने प्रत्यक्ष मतपत्रमा विद्यार्थी सङ्गठनको नाम नभएको भन्दै विवाद भएको हो ।

चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएको छ । मतदादान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।


प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखियता नियमित हुनसकेको छैन् । विसं २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।