साहित्यिक चौतारी नेपालद्वारा क्यान्सर पीडित भास्करलाई आर्थिक सहयोग

दाङ, ५ कार्तिक ।
नेपाली साहित्यको विकास र विस्तारसँगै सामाजिक कार्यमा सक्रिय संस्था साहित्यिक चौतारी नेपाल केन्द्रीय समितिले क्यान्सर पीडित प्रचण्ड भास्करलाई आर्थिक सहयोग गरेको छ। साहित्यिक चौतारी नेपाल सुदूरपश्चिम शाखाका उपाध्यक्ष समेत रहेका भास्करको उपचार सहयोगार्थ ५ हजार १ सय ३६ रुपैयाँ सहयोग गरेको साहित्यिक चौतारी नेपाल केन्द्रीय अध्यक्ष गीता भण्डारीले बताउनुभएको छ।

समाज परिवर्तनका निमित्त भास्कर जस्ता कलमरूपी हतियार उठाउने व्याक्तिहरूको आवश्यक रहेको बताउदै साहित्यको क्षेत्रमा उदाउँदै गरेका कवि प्रचण्ड भास्करलाई साहित्यिक चौतारी नेपाल केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यीयहरू क्रमशः गीता भण्डारी, घनश्याम घायल तिवारी,सरू बस्नेत, रामप्रसाद सुवेदी संगम,कमला भण्डारी ढकाल, शंकर ढकाल,अमृत भट्टराई ,कबिराज शंखर,शोभा कोइराला, लोकविक्रम मल्ल र तारा घिमिरेले चिया खर्चलाई कटौती गरी सहयोग गर्नु भएको हो ।