राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै

काठमाडौं, २८ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ ।

भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो भने त्यसपछि २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि उहाँ चुनिनु भएको थियो । भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला समेत हुनुहुन्छ ।


राष्ट्रपति भण्डारीले भोलि शीतलनिवास छोड्ने तयारी गर्नु भएको छ । भोलि दिउँसो निजी निवास बूढानीलकण्ठ सर्ने तयारी भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

भण्डारीको कार्यकाल सकिएपछि भोलि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले शपथ लिँदै हुनुहुन्छ । गएको बिहीवार भएको राष्ट्रपतिको चुनावमा पौडेल निर्वाचित हुनुभएको हो । नौ दलीय गठबन्धनको सहयोगमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।