राप्तीमा सञ्चालित पन्ध्र दिने सिलाई कटाई तालिम समापन

तुल बहादुर कवँर मगर 

भालुवाङ, १५ असार ।
दाङको राप्ती गाउँपालिका वडा नं.२ बराखुटीमा सञ्चालित पन्ध्र दिने कटाई सिलाई जेन्स स्तरउन्नती तालिमको समापन गरिएको छ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीकाे आयोजनामा एवं राप्ती गाउँपालिका दाङको सहयोग सञ्चालित साे तालिमको शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीका अध्यक्ष लिलाधर परियारको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यता र पालिकाका प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष पहलवान चाैधरीकाे विशिष्ट आतिथ्यतामा भएको साे समापन कार्यक्रममा बाेल्दै उपाध्यक्ष चौधरीले सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजार बन्न सकिने बताउनुभयो ।


त्यस्तै उपाध्यक्ष चाैधरीले आगामी आर्थिक वर्षमा थप तालिमका लागि पालिकाले आवश्यक सहयोग समेत गर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष पहलवान चाैधरीले सिकेकाे सीपलाई व्यावसायकाे माध्यमबाट निरन्तर अघि बढाए मात्रै स्थानीय सरकारले गरेको लगानी सहि सदुपयोग हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघकी लुम्बिनी प्रदेश सदस्य उषा बुढा मगर,जिल्ला सह-काेषाध्यक्ष दिल बहादुर परियार,सदस्य इमा गुरुङ, राधाकुमारी चाैधरी, सल्लाहकार खड्क परियार, ठगेन्द्र परियार,करम्दी सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष तुम बहादुर घर्ती लगायतका वक्ताहरूले बोल्नु भएको थियो। व्यावसाय गर्दै आइरहेका १५ जना महिला तथा पुरुषहरूको सहभागीता रहेको तालिमको प्रशिक्षकमा प्रेम परियार रहनु भएको थियो ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ वडा नं.२ का अध्यक्ष बिर बहादुर परियारको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव राम बहादुर नेपालीले गर्नुभएको थियो ।