तुलसीपुरमा जिल्ला स्तरिय हाजिरिजवाफ सम्पन्न

तुलसीपुर, २९ चैत ।
हिमाल स्काउट ट्रप को आयोजनामा जिल्ला स्तरिय हाजिरिजवाफ आज तुलसीपुरमा सम्पन्न भएको छ। हिमाल स्काउट दलका अध्यक्ष मधुसुदन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सामाजिक डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज पाण्डेले विद्यार्थीको चौतर्फी विकासमा र नेतृत्व र ब्यक्तित्व विकासमा स्काउट्ले खेलेको भुमिका उच्च रहेको बताउनु भयो।

कार्यक्रमका विशिष्ट अतिथी स्काउटका प्रदेश परिसद सदस्य रबिन बस्नेत्ले विद्यालय तहमा स्काउट्को महत्व तथा सान्दर्भिकताको बारेमा चर्चा गर्नु भएको थियो । सो अवसरमा प्रदेश प्रतिसत सदस्य निरन्जना पान्डे राप्ती गाउँपालिका सदस्य हुकुम जिसि लगाएतले बोल्नु भएको थियो ।


दाङ जिल्लामा कृयासिल स्काउट ट्रपहरुको सहभागिता रहेको हाजिरजवाफ प्रतियिगितामा हिमाल स्काउट ट्रप प्रथम बराह क्षेत्र ट्रप घोराही दोस्रो र गुरु जजुर ट्रप तृतीय भएका थिए । कार्यक्रमको सञ्चालन नवीन कुमार पराजुलीले गर्नु भएको थियो।