राप्ती बबईमा स्ववियु सभापतिमा ७ जनाको उम्मेदवारी

तुलसीपुर, २७ फागुन ।
स्ववियु सभापतिमा राप्तीबबई क्याम्पसमा ७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत टेकन कँडेलका अनुसार अखिलबाट प्रदिप बस्नेत, नेविसङ्घबाट प्रमोद भण्डारी, अखिल क्रान्तिकारी (वैद्यबाट) बाट चन्द्रा बस्नेत, स्वतन्त्रबाट रेशमराज खराल, प्रभाष लामिछाने, भद्रबहादुर खत्री र अखिल (समाजवादी) बाट केशव पुनले उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी सचिवमा अखिलबाट सोनिया थापा, नेविसङ्घबाट अभिषेक कुसुन्डा, अखिल क्रान्तिकारी (वैद्य)बाट रेखा रानामगर, अखिल समाजवादीबाट कमल कँडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ ।


त्यसैगरी कोषाध्यक्षमा कोषाध्यक्षमा अखिल क्रान्तिकारी (विप्लव) बाट हेमन्त प्रकाश वली, अखिल क्रान्तिकारीबाट जेनी ढकाल, अखिल (समाजवादी) बाट लक्ष्मी चन्द, स्वतन्त्रबाट लेखमणी खत्री, अखिल क्रान्तिकारी (वैद्य) बाट रविना खड्काले उम्मेदवारी दिनुभएको छ ।

उम्मेदवारको दावी विरोध तथा अन्तिम नामावली प्रकाश २८ गते आइतबार गरिने छ । २९ गतेबाट प्रचार प्रसार र चैत्र २ गते राति १२ बजेबाट मौन अवधि सुरु हुने छ, भने चैत्र ५ गते बिहान ८ बजेदखि मतदान सुरु हुने स्ववियु निर्वाचन अधिकृत कँडेलले बताउनुभयो ।