नेकपाद्वारा दाङका सबै पालिकाहरुमा ज्ञापनपत्र पेश

फागुन २६ , तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टीले तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्कालाई ज्ञापनपत्र बुझाएको छ । बिहिवार नेकपा पश्चिम दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीले मेयर खड्काको कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा शिक्षा, स्वास्थ्य, यातायात, विद्युत लगाएतका क्षेत्रमा सुधारको मागसहित ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्रमा सेवाग्राहीलाई छिटो छरितो र सर्वसुलभ तरिकाले सेवा प्रदान गर्ने , सबै नगरवासीलाई सुचनाको हक दिनुपर्ने , शुसासन कायम गर्नुपर्ने , उपमहानगर भित्र देखिने कमिसन , भ्रष्टाचार मिलेमतो (सेटिङ) लगाएत अन्त्य गरिनुपर्ने , विकास निर्माण गर्दा जनप्रतिनिधि र कर्मचारीको सेटिङमा उपभोक्ता समिती गठन गर्ने , स्थानीय पालिकालाइ भर्ती केन्द्र , पार्टी कार्यालय बनाउन अन्त्य गरिनुपर्ने , खुला प्रतिस्पर्धाबाट दक्ष कर्मचारी राख्ने व्यवस्था मिलाउने , विभिन्न वाहामामा हुने सबै चुहावटलाई अन्त्य गरिनुपर्ने , किसानलाइ उचित सर्वसुलभ , समयमै मल , बीउ , बिसादी उपलब्ध गराउनुपर्ने , वास्तविक किसानलाइ अनुदान राहत तथा प्रोत्साहनको व्यवस्था गर्नुपर्ने तथा किसानको उत्पादनलाई वास्तविक मुल्यमा बजारीकरणको व्यवस्था मिलाउनुपर्ने , अव्यवस्थित पार्किङ र फुटपाथलाई व्यवस्थापन गर्नुपर्ने , सहरलाइ व्यवस्थित र सुन्दर बनाउन बिशेष जोड दिनुपर्ने , फोहोरलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नुपर्ने , स्थानीय पर्यटकीय क्षेत्रहरुलाइ संरक्षण विकास गर्दै थप व्यवस्थित गर्नुपर्ने, खोला तथा नदिजन्य बस्तुहरुको अव्यवस्थित उत्खनन तथा चोरी निकासीलाइ तत्काल रोक्नुपर्ने, अव्यवस्थित बसोबास र प्रती ऐलानीमा बसेका सबै नागरिकलाइ उचित ढंगले व्यवस्थित गर्नुपर्ने ,लघुवित्तिय संस्थाहरुको ज्यादती र मिटरव्याजीहरुको आतंक बन्द गर्न पहल गर्नुपर्ने , सामुदायिक बिधालयमा निशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने , सम्पुर्ण जनताहरुलाइ निशुल्क स्वास्थ्य उपचार र बिमा गर्नुपर्ने , तुलसीपुर (घोराही – लमही कालोपत्रे फोरलेन सडक निर्माणको कार्य तत्काल सुचारु गरियोस , सबै जनताको घरघरमा गर्ने साथै बढ्दो महसुललाई नियन्त्रण गर्नुपर्ने लगाएतका मागहरु राखिएको छ ।

नेकपाका केन्द्रीय समितिका सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीसहितको नेतृत्वको टोलिले ज्ञापनपत्र बुझाएको थियो । नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले मेयर टिकाराम खड्का समक्ष ज्ञापनपत्र पढेर सुनाएका थिए ।

यस्तै नेकपा पश्चिम दाङले जिल्लाका पश्चिम क्षेत्रका सबै पालिकाहरुमा ज्ञापनपत्र बुझाएको जनाएको छ । सो पार्टी अन्तर्गतका बबई गाउँकमिटी , शान्तिनगर गाउँपालिका , दंगिशरण गाउँपालिका र बबई गाउँपालिकाले बिहिवार स्थानीय सरकार प्रमुख समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

यस्तो छ नेकपाद्वारा तुलसीपुर उपमहानगरपालिकामा बुझाइएको ज्ञापनपत्रको पुरापाठः


नेकपाले बुझायो घोराही उपमहानगरलाई ज्ञापनपत्रः
नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले स्थानीय जनताको जनगुनासो र समाजमा देखिएका संकट लगायतका समसामयिक विषयको समाधान गर्नुपर्ने माग राख्दै घोराही उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
कमिटीले बिहीबार घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीलाई उक्त मागको समाधान गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरका सेक्रेटरी महान सीले जनताका जनजीविकासँग जोडिएका कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र यातायात,विद्युत, खानेपानी, उद्योग, व्यापार र वित्तीय लगायतका समसामयिक विषयमा रहेका माग सम्बोधन गर्नुपर्ने भन्दै ज्ञापनपत्र नगरप्रमुख नरुलाल चौधरीलाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख नरुलाल चौधरीले नेपाल कम्युनिस्ट पार्टीले जनतासँग सरोकार राख्ने धेरै विषयको माग राखेको भन्दै त्यसमा कतिपय आफूहरूले गरिरहेको कामहरुमा सुधार ल्याउनुपर्ने र कतिपय कुरा केन्द्र सरकार, प्रदेश सरकार सम्बोधन गर्नुपर्ने भएको बताए ।

उनले यी मागहरुलाई आफूहरूको स्रोत, साधन र जनशक्तिले भ्याएसम्म नगरको तर्फबाट काम गर्दै अगाडि बढ्ने र संघ, प्रदेशले गर्नुपर्ने कामहरुलाई पनि नगरबाटै सिफारिस र सम्बन्धित निकायलाई झकझक्याउने समेत उद्घोष गरे । ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङ जिल्लाको सेक्रेटरी जनक सी लगायत पार्टीका जनवर्गीय संगठन अध्यक्ष, संयोजक लगायतको उपस्थिति रहेको थियो ।पार्टीका पूर्वी दाङ जिल्लाको सेक्रेटरी जनक सीले कार्यक्रमको बारेमा जानकारी दिँदै ज्ञापनपत्र बाचन गरेका थिए ।