दशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं, ८ कात्तिक ।  आश्विन शुक्ल पक्षको एकादशी, बडादशैँको टीका लगाउने क्रम आज बुधबार पनि जारी रहेको छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् ।


टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ । टिका लागउने क्रम पूर्णिमासम्म रहन्छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ ।