दाङमा अटो दुर्घटनामा परी एक जनाको मृत्यु

दाङ, १६ फागुन ।
दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँका ३६ बर्षिय केदार भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका-९ दोघरेका २५ बर्षिय सन्तोष ओली घाइते हुनु भएको छ । उहाँको राप्ती पोलिक्लिनीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ओलीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


आज बिहान ११ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ दमार गाउँस्थित डाँडाखुटीदेखि बेलुवातर्फ जाँदै गरेको रा १ ह ४०९९ नम्बरको अटो अनियन्त्रीत भएर दुर्घटना हुँदा भण्डारी र ओली घाईते हुनु भएको थियो ।

घाइते भए लगत्तै दुबै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । तुलसीपुरमा सामान्य उपचारपछि केदारलाई दिउँसो १२ बजे मेडिकल कलेज कोहोलपुर बाँके रिफर गरिएको थियो ।

भण्डारीको उपचारको क्रममा दिउँसो पौने ३ बजे मृत्यु भएको डिएसपी मल्लले बताउनुभयो । अटो चालक तुलसीपुर-३ का २३ बर्षिय प्रेम घर्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।