दाङको गुप्ता निर्माण सेवालाई कालो सूचिमा राख्न सिफारिश

तुलसीपुर,१६ फागुन । दाङको गुप्ता निर्माण सेवा त्रिभुवननगरलाई कालोसूचिमा राख्न सिफारिश गरिएको छ ।

बंशीधर गुप्ताले चलाएको उक्त निर्माण कम्पनी घोराहीको हो । सडक डिभिजन शिवपुर कपिलबस्तुले गुप्ताको निर्माण कम्पनीलाई कालोसूचिमा राख्न सिफारिश गरेको हो । गुप्तासंगै १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।


कालो सूचीमा राख्नु नपर्ने कारणसहित लेखी पठाउन सूचना जारी गरे पनि लिखित स्पष्टीकरण नआएपछि अनुगमन कार्यालयले पुनस् सूचना जारी गरेको छ ।

सूचनामा सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।