सगरमाथा सिमेन्ट उद्योगको प्रभाब मूल्यांकन गर्न अदालतद्वारा समिति गठन

तुलसीपुर
२४ भदौ / घोराही सिमेन्ट उद्योग प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्ट उद्योगले पारेको प्रभाब मूल्यांकन गर्न उच्च अदालत तुलसीपुरले समिति गठन गरेको छ । उक्त गठित समितिले एक महिना भित्र अदालतमा प्रतिवेदन पेश गर्न आदेश गरेको छ । न्यायाधीश ऋषिराम दवाडी र रमेशराज पोखरेलको इजलासले बुधबार यस्तो आदेश गरेको हो । सो समितिमा उच्च अदालतका रजिष्ट्रार, दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तेदार, तुलसीपुर उपमहानगरपालिकाका वातावरण विज्ञ, जिल्ला स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य अधिकृत, जिल्ला बन कार्यालयका बन अधिकृत, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका ईञ्जिनियर, जिल्ला ट्राफिक प्रहरी दाङका प्रहरी निरीक्षक, उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वली रहेको समिति गठन गरिएको छ ।

सो अनुगमन समितिले उद्योग परिसरमै पुगेर भौतिक एवं प्राबिधिक निरीक्षण गरी सो उद्योगबाट स्थानीय समुदायलाई परेको प्रभाब र असरका बारेमा प्रतिवेदन तयार पार्ने छ । सो प्रतिवेदन तयार भएपछि मात्रै अदालतले निर्णयमा पुग्न सकिने भएकाले समिति गठन गरिएको हो । उद्योगले सुधार गर्नुपर्ने विषयमा पनि प्रतिवेदन तयार पार्नेछ ।


अदालतले गएको बर्ष चैत ९ गते घोराही सिमेन्ट उदोगलाई धुुलो, धुवा, ध्वनी प्रदूषण रोक्नुपर्ने, नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर र प्रदुर्षणजन्य कुनै पनि कार्य गर्न नहुँने, उद्योग तथा कलकारखानाहरु प्रचलित कानुनको दायरामा रही सञ्चालन हुनुपर्ने, उद्योग सञ्चालनको क्रममा निस्कने फोहोरजन्य पदार्थको समुचित रुपमा व्यबस्थापन गर्ने गराउनु पर्ने, उद्योग क्षेत्र भित्र र वरपर रहेको वातावरण परीक्षण संयन्त्रको तत्काल व्यबस्थापन गर्नु आदेश गरेको थियो । त्यो आदेश पालना भए÷नभएको समेत यो समितिले अनुगमन गर्ने छ ।
यो विषयमा अधिबक्ता बसन्त गौतम, सुरेश गौतम, बलबहादुर चन्दलगायतले बहस गरेका थिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'