असल

चाँदनी बुढा मगर ,
असल खराबमा धेरै फरक हुन्छ
खराब मानिस भोलि अवश्य नै रून्छ,
असल भएपछि सम्मान मात्र मिल्छ
खराब भयो भने धिक्कार धेरै हुन्छ ।

राम्रो गुण हुन्छ असल मानिस भए माथि
पक्कै पनि बिग्रन्छ खराब भए साथी,
समाज नै बिगार्छ खराब साथी भए
खराबलाई मात्र नै साथी भन्दै गए ।

खराब असललाई छुट्याउनु पर्छ
असल भावनाले जिते खराबी नै मर्छ,
हामी हाम्रो दिमागमा असल कुरा भरौंला
नराम्रो काम हटाई राम्रो काम गरौंला ।


असलको जित छ भन्ने पटकै था नहोला
असल हुनु पर्छ भन्नी यहाँ भा होला,
असलको गुण धेरै फरक हुन्छ रे
असल हुनु पर्छ भनि सबैलाई भन्छ रे ।

असल मानिसलाई सबैले राम्रो मान्छ
खराब मानिसले त गाली मात्र खान्छ,
राम्रो काम देखाए सबैले राम्रो मान्ने छन्
खराब कार्य देखाए नराम्रो छ भन्ने छन् ।
(लेखक मावि दोघरेमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन् ।) साभारः अग्रिम साप्ताहिक