‘टि मार्ट’को बार्षिकोत्सवमा रक्तदान तथा खाद्यान्न सहयोग

देवराज कडेँल
तुलसीपुर
२४ भदौ / घोराही १५ स्थित टि मार्ट सुपरमार्केटले आज आफ्नो तेस्रो वार्षिक उत्सवको अबसरमा रक्तदानसंगै असहायको घरमा पुगेर खाद्यान्न सहयोग गरेको छ ।

घोराही १५ काठेकोहल बस्ने अशक्त ब्यक्ति महाबिर रोकालाई खाद्य सामाग्री बितरण गरिएको संचालक टिकाराम रावतले जानकारी दिए । टि मार्टले आफ्नो बार्षिक उत्सबसंगै अन्य दिनहरुमा सामाजिक कार्य गर्दै आएको छ ।

ग्राहकबर्गलाई आबश्यक पर्ने सबै किसिमका दैनिक उपभोग्य सामनहरु एकै ठाउमा उपलब्ध गराउदै आएको छ ।


टि मार्टले आउने दिनहरुमा ग्राहकहरुको खुशी , सामाजिक कार्य संगै एउटा उदाहरणीय मार्टको रुपमा अगाडि बढ्ने लक्ष्य राखेको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'