तीजको अवसरमा राहत प्रदान

तुलसीपुर
२३ भदौ / दाङको तुलसीपुर उपमहानगरापलिका रानीजरुवामा राहत प्रदान गरिएको छ । अतिविपन्न परिवारका रुपमा रहेका तुलसीपुर ५ रानीजरुवाका केही घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

व्यबसायी सपना बस्नेत, गगा वली खडका ,पार्वता योगी, ईन्दिरा साहु, हरिकला भण्डारी ,रीता डाँगी, टीका डाँगी, हिमालय वली, हेमा वलीले आफ्नो तिजको दर खाने खर्च कटाएर तुलसिपुर उपमहानगरपलिका वडा नं. ५ को रानीजरुवाका अति विपन्न घर परिवारलाई राहत प्रदान गरेका हुन् ।
साथै पीडितहरुलाई वडा सदस्य अजय बुढाथोकी, बुद्ध नगर टोलका अध्यक्ष ऋषिराज खरेल, पुर्ब अध्यक्ष धनवहादुर केसी, खेम प्रसाद खरेल र दरिभान डाँगीले सम्पर्कमा ल्याएका थिए ।


May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'