उत्कृष्ट काम गर्न स्वास्थ्यकर्मीलाई केन्द्रिय सदस्य पाण्डेको निर्देशन

तुलसीपुर, १४ फागुन ।


नेकपा एमालेका केन्द्रिय सदस्य तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले उत्कृष्ट काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको दोस्रो नगर स्तरीय अधिवेशनलाई तुलसीपुरमा सम्बोधन गर्दै उहाँले बिरामीको उपचारमा कुनै कमि र समस्या आउन नदिनेगरी आफ्नो पेशाप्रति जहाँरहदा पनि बफादार भएर काम गर्नुपर्ने बताउनुभयो ।
बिरामीलाई राम्रो बोली, व्यवहार गरेमा आधा समस्या त्यसै निको हुने बताउँदै उहाँले तुलसीपुरलाई स्वास्थ्य र उपचार केन्द्रको रुपमा विकास गर्नुपर्ने सदस्य पाण्डेले बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल नगर कार्य समितिका अध्यक्ष दोर्ण बहादुर वलीको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमाले जिल्ला संगठन कमिटीका अध्यक्ष हुकुम बहादुर बस्नेत, उपसचिव कृष्ण भुसाल, तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्य समितिका अध्यक्ष विष्णु कुमार गिरी, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला सचिव बाबुराम न्यौपाने, स्वास्थ्य प्राविधिक संघका केन्द्रिय सदस्य खड्ग बहादुर चौधरी, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल प्रदेश कमिटी सदस्य अनन्त चौधरी, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल केन्द्रिय पार्सद बिमल केसी, नगर कमिटी उपाध्यक्ष दिपा सुनार लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल नगर कार्य समितिका सचिव मुकेश बुढाथोकीले गर्नुभएको थियो । अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने छ ।