गठबन्धन : तुलसीपुरका वडामा अझै भएन सहमति

तुलसीपुर
१२ वैशाख । तुलसीपुरमा सत्ता पक्ष गठबन्धनले अझै वडा बाँडफाँट टुंगो लगाउन सकेको छेन । सोमबार अपरान्ह ४ बजेसम्म पनि टुंगो लाग्न सकेको छैन । ५ बजेसम्म मात्रै मनोनयन दर्ता गर्ने समय हो ।

काँग्रेसले ११ वटा, माओवादी केन्द्रले ५ वटा र एकीकृत समाजवादीले ३ वटा वडा पाउने गरि सहमति भएको हो । तर, कुन–कुन वडा लिने भन्न अझै टुंगो लाग्न सकेको छैन । गठबन्धनका एक नेताका अनुसार वडा नं. १२ कसले लिने भन्ने विषयमा टुंगिन सकेको छैन । अन्य वडामा प्रायः सहमति भइसकेको छ । काँग्रेसले २,५,७,८,९,१०,११,१३,१४,१७ नम्बर वडा यस अघि नै जितेकाले स्वतः पाउने भएको छ । त्यसपछि वडा नं. ६ पनि काँग्रेसले नै लिने सहमति भएको छ । माओवादी केन्द्रले १,४,१५, १८ नम्बर वडा लिने सहमति भएको छ । त्यस बाहेक माओवादीले १२ नम्बर वडा दावी गरेको छ ।


त्यस्तै समाजवादीले पनि १६ र १९ नम्बर लिने सहमति भइसकेको छ । त्यो बाहेक समाजवादीले पनि १२ नम्बर दावी गरेको छ । ३ र १२ कसले लिने भन्ने विषयमा सहमति हुन सकेको छैन ।