विद्यालय खोल्न हतार नगर्न अभिभावकको आग्रह

दाङ
२३ भदौ / राष्ट्रिय अभिभावक महासंघले कोभिड–१९ को जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ ।


महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव दिइएको बताए ।