मानव सेवा आश्रमलाई डेप्ची र डाडु सहयोग

तुलसीपुर
१७ मंसिर / अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरले मानव सेवा आश्रमलाई डेप्ची र डाडु सहयोग गरेको छ । तुलसीपुर ६ स्थित आश्रममा खान पकाउने डेप्ची र डाडु अभाब हुँदा समस्या भएको भन्दै केन्द्रले डाडु र डेप्ची सहयोग गरेको हो । केन्द्रका सल्लाहकार हुमकान्त कडेलका अनुसार ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरपारि ७० जनालाई खाना पकाउन सकिने डेप्ची सहयोग गरिएको हो । दिवसमा केही नयाँ काम गर्नुपर्ने मान्यता अनुरुप आफूहरुले त्यसरी सहयोग गरेको केन्द्रका कार्यकारी निर्देशक दोलकबहादुर खत्रीले जानकारी दिए । केन्द्रका अध्यक्ष इश्वरी प्रसाद खड्काको अध्यक्षतामा कार्यक्रम गरि उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठ,राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष देवा डाँगी, नगर सञ्जाल तुलसीपुरका अध्यक्ष तिलसरा पुन, केन्द्रका सदस्य बच्चु कैलासलगायतको सहभागिता रहेको थियो । उक्त सामग्री आश्रमका प्रमुख श्रीजना अधिकारीलाई हस्तान्तरण गरिएको हो । त्यहाँ सहाराविहनी तथा मानसिक सन्तुलन गुमाएकाहरुलाई आश्रय दिइन्छ ।