रोल्पाका एक संक्रमितको बेलझुण्डी अस्पतालमा मृत्यु

तुलसीपुर
२३ भदौ / दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा रोल्पाका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका ब्यबस्थापक दोर्ण ओलीका अनुसार रोल्पा त्रिवेनी गाउँपालिका वडा नं. ४ का ५० बर्षीय पुरुषको आज विहान ३ः५० मा निधन भएको हो ।


उनलाई भदौ ११ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो । उनमा निमोनियासंगै स्वासप्रस्वासमा समस्या थियो ।

हाल अस्पतालमा ५ जना सक्रमितको आईसियुमा राखेर उपचार भइरहेको छ ।