तुलसीपुरमा कुस्ती प्रतियोगिता हुने

तुलसीपुर, २८ माघ । तुलसीपुरमा कुस्ती प्रतियोगिता हुने भएको छ ।

युथ अफ तुलसीपुरको आयोजनामा अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गर्न लागिएको हो । यही फागुन ११ गतेदेखि १७ गतेसम्म अरनीको मैदानमा कुस्ती प्रतियोगिता आयोजना हुनेछ ।


क्लबका अध्यक्ष अरुण लहरेका अनुसार प्रतियोगितामा ३७ जना खेलाडीको सहभागिता रहनेछ । ३० जना भारतीय पुरुष खेलाडी, दुई जना भारतीय महिला खेलाडी र पाँच जना नेपाली पुरुष खेलाडीले सहभागिता जनाउनेछन् ।

नेपालमा कुस्ती प्रतियोगिता स्थापित हुन सकेको छैन । यसलाई नेपालमा पनि स्थापित गराउनकालागि यो प्रतियोगिता आयोजना गरिएको हो ।