तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

तुलसीपुर, २३ बैशाख । दाङमा ट्रकको ठक्करबाट एक व्यक्तीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउदै गरेको रा १ क ५९६ नम्बरको ट्रकले अटोभिलेज नजिकै आफ्नै ईलेक्ट्रिक पसल अगाडी बसेका तुलसीपुर–९ बेलुवाका ३८ वर्षीय सेफ अलि खाँलाई ठक्कर दिदा मृत्यु भएको हो ।


आईतबार बिहान पौने ११ बजेतिर ठक्कर दिदा खाँ गम्भीर घाइते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा ल्याए लगतै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

प्रहरीले ट्रक चालक तुलसीपुर–१३ का गंगाराम सुनारलाई नियन्त्रणमा लिएको छ ।