दंगीशरणमा स्वास्थ्यकालागि सक्षम प्रणाली अन्तरगत पालिका स्तरीय क्लोज आउट बैठक सम्पन्न

प्रमोद आचार्य
दंगीशरण, २० माघ ।
स्वास्थ्यका लागी सक्षम प्रणालि अन्तरगत गाउँपालिका स्तरीय क्लोज आउट बैठक दंगीशरणमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितीका संयोजक रोशन जङ शाहको शभापतीत्व, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा शिक्षा शाखा दंगीशरणका प्रमुख बिनोद अधिकारीको बिशिष्ट आथित्यतामा बैठक सम्पन्न भएको हो ।

दंगीशरणमा ५ बर्ष रहेर काम गरेको कार्यक्रमको समयाबधी सकियपछी एस.एस.बि.एस का प्राबिधिक अधिकृत ससिदेब शाहलाई बिहिबार एक कार्यक्रमका बिच बिदाइ समेत गरीएको छ । २०७४ देखि २०८० सम्म लागु भएको कार्यक्रम यू.एस.ए.आई.डि.को आर्थिक सहयोगमा स्वास्थ्य सेवाको गुणस्तर कसरी वृद्धि गर्न सकिन्छ भन्ने उदेस्यका साथ लागु भएको प्राबिधिक अधिकृत शसीदेब शाहले बताउनुभयो ।


कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले स्वास्थ्यका लागी सक्षम प्रणालि कार्यक्रम दंगीशरणमा निकै उपलब्धिमुलक रहेको र आगामि दिनमा पनि यस्तै कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो । स्वास्थ क्षेत्रलाइ आफुहरु निर्बाचित भएर आइसकेपछी थुप्रै कार्यक्रम अगाडी बढाएको र केही कार्यक्रम कार्यान्वयनको चरणमा रहेको समेत जानकारी गराउनुभयो ।

यस्तै शभापतीको आसन बाट बोल्दै समाजिक बिकाश समितीका सयोजक रोशन जङ शाहले स्वास्थ्य क्षेत्रमा पालिकाको बजेटको कुल बजेटको १०% भन्दा बढी बजेट छुट्याइने बताउनुभयो । भौतिक पुर्बाधारलाइ मात्र प्राथमिकता भन्दापनी जन जिबिकाका स-साना सवालमा गम्भीर भएर आफुहरु लाग्ने बताउनुभयो । स्वास्थ्य शाखा दंगीशरणका प्रमुख राजेन्द्र हमालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य साखाकि राधा शर्माले गर्नु भएको थियो ।