अखिल क्रान्तिकारीले टुंग्यायो दाङका १० वटै तहको कमिटि

तुलसीपुर
२० भदौ / अखिल (क्रान्तिकारी) दाङले १० वटै पालिकाको कमिटि टुंग्याएको छ ।

को २२ औं जिल्ला सम्मेलनको तयारी संगै १० ओटै पालिका सम्मेलन सम्पन्न गद गरेको हो । अखिल क्रान्तिकारीका नेता सन्तोष पोखरेलका अनुसार घोराही उपमहानगर कमिटीको अध्यक्षमा हिमाल महरा , तुलसीपुर उपमहानगर कमिटी अध्यक्षमा अमर बिक, लमही नगर कमिटी अध्यक्षमा मोहनराज भुसाल, बंगलाचुली गाउपालिका कमिटि अध्यक्षमा दामोदर भन्डारी, राप्ती गाउँपालिका कमिटी अध्यक्षमा भुबन केसी, दंगीशरण गाउपालिका कमिटी अध्यक्षमा भुपेश खत्री, शान्तिनगर गाउपालिका कमिटी अध्यक्षमा प्रबिण मगरलाई चयन गरिएको छ ।


त्यस्तै बबइ गाउँपालिका कमिटीको अध्यक्षमा रेजीना मास्के मगर, गढवा पालिका कमिटीको अध्यक्षमा गौरब गिरी, राजपुर पालिका कमिटीको अध्यक्षमा रबि प्रताप यादबलाई चयन गरिएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'