रुकुम पश्चिममा क्यान्सरपीडित एक युवतीको मृत्यु

रुकुम पश्चिम, १७ पुष ।
रुकुम पश्चिममा एक क्यान्सर पीडित युवतीको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ९ गिजा निवासी ध्रुव शाहकी १९ वर्षिया छोरी हेमन्ता शाहको आज मंगलबार बिहान मृत्यु भएको हो ।


मृतक शाहको पारिवारीक श्रोतका अनुसार हेमन्ताको उपचार सुशील कोइराला क्यान्सर अस्पताल बाँकेमा भईरहेको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।