पेस्तोलसहित दाङबाट एक व्यक्ती पक्राउ

घोराही
१९ भदौ / दाङ प्रहरीले स्वचालित पेस्तोल, म्याग्जिन र गोलीसहित घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका वडा नंम्वर ९ सखी स्थाई ठेगाना भई हाल घोराही १३ बडहरा बस्ने २५ वर्षिय ईन्द्रकमल बुढामगरलाई गएराति साढे २ बजे प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अवैध हातहतियार बोकी सर्वसाधरणहरुलाई त्रसित पार्दै आईरहेको र उक्त हतियार बुढामगरले आफ्नै घरमा लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।

अबैध हतियार देखाइ ठेकेदार, ब्यबसायीलाई चन्दा आतंक सिर्जना गरेको प्रहरीमा उजुरी परेपछि खोजतलास गर्दै जादा भेटिएको काफ्लेको बताए । उनले दिएको जानकारी अनुसार पक्राउ परेका मगर २०७० साल बैशाख २५ गते साने घर्तिलाइ ज्यान माने उदेश्यले धारिलो हतियार प्रहार गरेर हात काटेर छिनालेको घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग कसुरमा २ बर्ष ६ महिना कैद सजाए भुक्तानी गरेर छुटेका थिए ।


घोराही १३ बडहरामा रहको बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नंम्वरकोे स्कुटीको सिटमुनी रातो प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।

पक्राउ परेका बुढा विरुद्ध मुलुकी अपराध संहिता एेन अनुसार हातहतियार खरखजना मुद्धा दर्ता हुने र सो मुद्धामा ५ बर्ष सम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्राब्धान रहेको छ । उनले अबैध हतियार राख्ने आपराधिक गिरोह बारे प्रहरीले खोजतलास अभियान जारी राखेको एसपि काफ्लेले बताए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'