रोल्पामा वृद्धद्वारा बालिका बलात्कृत

लिवाङ, १५ माघ ।
केही दिन यता आम सञ्चारका माध्यमहरू धेरै बलात्कारका घटनाहरु बढ्न थालेको छन् । रोल्पा जिल्लाको लुङ्ग्री वडा नम्बर ४ मा १४ वर्षीय बालिलालाई ७२ वर्षीय बाजेले बलात्कार गरेका छन् ।

लुङ्ग्री वडा नम्बर ४ ठुल्लो नम्जामा आफ्नै छोराको झत्केली छोरीलाई हाडनाता पर्ने बाजेले मंसिर १० गते बालिका बलात्कार गरेको पीडित परिवारले बताएका छन् । सो घटनाका बलात्कार बालाराम विकलाई अनुसन्धान गरी न्याय दिनका इलाका प्रहरी कार्यालय सुलिचौरमा मुद्दा दिएपछि प्रहरीले निज पीडकलाई खोजी कार्य गर्नको लागि बलात्कारीको घरमा जादा ताल्चा लगाएर फरार रहेको ईलाका प्रहरी कार्यालय प्रमुख ओम प्रकाश वाक्लेले जानकारी दिनु भएको छ ।

पीडितहरुले आफूहरुलाई अन्यायमा परेको बताउँदै पीडकलाई छिटो भन्दा छिटो पक्राउ गरी दिन र न्याय दिनका लागि सबै सरोकारवालासँग अपिल समेत गरेका छन् । ईलाका प्रहरी कार्यालय सुलिचौरले आफूहरुले पीडितको मुद्दा बुझेर बालिकाको स्वास्थ्य जाँचका लागि रोल्पा अस्पताल रेउघा पठाई सकेको र पीडकलाई खोजी गरी न्याय दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


नेपालमा पछिल्लो समयमा बलात्कारको घटनाहरु दिन प्रतिदिन बढीरहेका छन् । त्यसैमा पनि बालिकालाई आफ्नै विश्वास लाग्ने अभिभावकहरु, नातेदारहरुबाटै बलात्कृत हुनु परेको छ । त्यसैले यस तर्फ सरोकारवाले ध्यान दिन जरुरी छ ।

जसरी आफ्नो घर परिवार छिमेकीबाट सुरू भएका घरेलु यौन हिंसाका घटनाहरू बढेको तथ्य सार्वजनिक भएको छन् । जसरी नेपाल सरकारले यस्तो घटना गर्नेलाई सजाए दिएको हुन्छ, त्यति नै बलात्कारका घटना झन बढ्को पाईन्छ कठैबरै हाम्रो देशमा कहिले सुरक्षित भएर बाच्न पाउँलान नारी तथा बालिकाहरु जसले न्याय दिलाउनेको साथ उल्टो बलात्कारका घटनाहरूलाई बगाउन समाजले सहयोग गर्छन् । त्यति मात्र होइन अलि समाजका जाने बुझने व्यक्तीले नै सहयोग गरेको पाईन्छ ।