तुलसीपुर,१४ माघ । दाङको तुलसीपुर स्थित विष्णु चलचित्र हल सञ्चालनमा आउने भएको छ । आधुनिक तथा प्रबिधियुक्त बनेर उक्त हल सञ्चालनमा ल्याउने तयारी रहेको हलका सञ्चालक अर्जुन कुमार श्रेष्ठले बताए ।
उनका अनुसार लामो समय देखि बन्द रहेको उक्त हल ८/१० महिना पछि सञ्चालनमा ल्याउने गरि तयारी थालेको बताए ।‘परम्परागत शैलीबाट हल सञ्चालन गर्न समस्या छ, बढ्दो प्रबिधिले गर्दा हल चल्न पनि समस्या भयो’, उनले भने‘अबको ८÷१० महिना पछि त्यो हललाई आधनिक बनाएर सञ्चालनमा ल्याउने हाम्रो तयारी छ ।’
तुलसीपुरका विष्णु चलचित्र हल र ओम शान्ति सिनेमा हल लकडाउनदेखि बन्द अबस्थामा छन् । ओमशान्ति सिनेमा हलमा गादाम घरका रुपमा सञ्चालन गर्ने तयारी रहेको छ । तुलसीपुरमा अहिले एउटा पनि सिनेमा हल सञ्चालनमा छैन् । त्यसले गर्दा यस क्षेत्रमा हलमा गएर फिल्म हेर्ने अबस्था छैन । यसलाई समाधान गर्नकालागि आधुनिक प्रबिधियुक्त हल सञ्चालनमा ल्याउने तयारी रहेको श्रेष्ठले बताए ।
चलचित्र पत्रकार सघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नायक तथा अभिनेता श्रेष्ठले नेपाली चलचित्र भारतीय चलचित्र भन्दा कम नरहेको समेत बताए । तर, नेपाली दर्शकहरुले नेपाली भन्दा भारतीय नै बढि मन पराउने गरेको उनको भनाई छ ।
चलचित्र पत्रकार सघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नायक श्रेष्ठले ७ वटै प्रदेशमा चलचित्र छायांकन स्थल निर्माण गर्ने चलचित्र बिकास बोर्डको नीति रहेको बताए । उनले दाङ छायांकनको लागि उपयुक्त स्थल रहेको पनि बताए ।
चलचित्र पत्रकार सघं दाङ शाखाका पुर्ब अध्यक्ष धुर्बराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष पुर्ण केसीले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण सचिब निरला अर्यालले गरेकी थिइन ।
लाइभदाङ । १४ माघ २०७९, शनिबार २१:३२ बजे