दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

तुलसीपुर, १ भदौ । दाङमा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा ३ भैँसीकुटी निवासी राजाबाबु बुढामगरलाई पक्राउ गरिएको हो ।


शनिबार साँझ साढे ६ बजेतिर गढवा गाउँपालिका ३ सुपैला खोलामा बोरामा बेरि १ नाले भरुवा लिई बनतर्फ गइरहेको अबस्थामा पक्राउ गरिएको हो ।