तुलसीपुरमा धमिलो पानी आउन सक्ने

तुलसीपुर,५ भदौ । दाङको तुलसीपुरमा धमिलो पानी आउन सक्ने भन्दै सचेत रहन भनिएको छ ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सूचना जारी गरि संस्थाको फिल्टरमा समस्या देखिएकाले केही दिन धारामा धमिलो पानी आउन सक्ने भन्दै सचेत रहन भनेको हो ।


घरमा फिल्टरले छानेर, उमालेर वा ुसुद्धिकरण गर्ने औषधी प्रयोग गरेर मात्रै खान सुझाब समेत दिएको छ ।