एउटै माेटरसाईकलमा सवार तीन जना घाईते

तुलसीपुर ११-माघ ।

तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा तीन जना गम्भीर घाइते भएका छन् । बुधबार बेलुका साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका १२ पुकार पसल नजिक तुलसीपुरदेखि जसपुर तर्फ जाँदै गरेको रा ७ प ४०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा तीन जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।


घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १३ बख्ररीया निवासी २९ वर्षिय नुमलाल चौधरी, सोही ठाउँ निवासी २६ वर्षिय सेवक आर्चाय र १९ वर्षिय झक्कु चौधरी रहेका छन् । उनीहरु तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

साथै उनीहरुले मापसे गरेर एउटै मोटरसाइकलमा तीन जना सवार रहेको पनि प्रहरीले जनाएकोे छ ।