परालमा आगो लाग्यो

सविना सोनी
शान्तिनगर,
१२ चैत /
पश्चिम् दाङको शान्तिनगरमा परालमा लागेको आगो नियन्त्रणमा आएको छ।

शान्तिनगर गाउँपालिका चिराघाट स्थित जङ्गलमा लागेको आगो वडा नम्बर ४ निवासी पिताम्बर कंडेलको घर अगाडि राखेको परालमा सल्केको थियो ।


आज दिउँस एक बजे तिर लागेको आगो तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीय बासी र चिराघाट प्रहरीले आगो नियन्त्रणमा ल्याएका थिए । आगलागी बाट अन्य कुनै मानबिए र पसु चौपाएको क्षति नभएको जनाइएको छ।

आगो के कसरी लाग्यो भन्ने कुरामा अनुसन्धान भैरहेको जनाइएको छ।