काठमाडौं, १३ भदौ ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा सीआईबीसमक्ष हाजिर भएका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी प्रकरणमा मुछिएका उनले केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीसमक्ष उपस्थित भएको बताएका छन् ।
‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि पहिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’, राहुलले फेसबुकमा लेखेका छन् ।
प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले राहुल सीआईबी नियन्त्रणमा रहेको पुष्टि गरे ।
भन्सारको सामानमा राखेर भएको सुन तस्करीमा महरा बाबुछोराको नाम जोडिएको थियो । सीआईबीले हालसम्म सुन प्रकरणमा २५ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।
लाइभदाङ । १३ भाद्र २०८०, बुधबार १७:४० बजे