ग्रेट अरणीकोमा खेल सप्ताह

तुलसीपुर, ६ माघ ।
दाङको तुलसीपुर ६ स्थित ग्रेट अरणीको माध्यामिक विद्यालयमा खेल सप्ताह सुरु भएको छ । विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद देवकोटाका अनुसार सिनियर र जुनियर तर्फका खेलहरु भइरहेका छन् । सिनियर तर्फ कक्षा ११ र १२ का विद्यार्थीहरुको फुटबल,कबड्डी, भलिबल, क्रिकेटसहित एथ्लेटिक्सका बिभिन्न खेलहरु भइरहेका छन् ।

त्यस्तै जुनियर तर्फ नर्सरीदेखि कक्षा १० सम्ममा चेयर रेश, कुर्सी दौड,गणित दौड, स्वीट रेश, नृत्य, गायन, हाजिरी जवाफ, कविता, बक्तृत्वकला, निबन्ध, फुटबल, रिभर बैंक,लगायतका खेलहरु भइरहेका छन् । प्रत्येक बर्ष खेल सप्ताह मनाउने गरिएको विद्यालयका सहायक प्रिन्सीपल कमलप्रकाश शर्माले बताए । विहीबारदेखि सुरु भएको खेलको माघ ११ गते बुधबार समापन गरिनेछ । सोही दिन पुरस्कार वितरण पनि गरिनेछ ।


ग्रेट अरणीकोले खेल क्षेत्रबाट अन्तराष्र्टिय स्तरमै नाम राख्न सफल भएको छ । निशा चौधरीले लङजम्प र १०० मिटर दौडमा कीर्तिमानी कायम गर्न सफल भएकी छन्, भने बब्लु वलीले पनि ग्रेट अरणीकोलाई चिनाउन भूमिका खेलेका छन् । ग्रेट अरणीकोमा नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुने गरेको छ । कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, मानविकी, कानुन, ब्यबस्थापन शंकायमा पढाई भइरहेको छ ।