घोराहीमा महोत्सवको अनुमति

तुलसीपुर, ५ माघ ।
घोराहीमा प्रदेश स्तरीय साना तथा घरेलु उद्योग,पर्यटन तथा कृषि प्रर्दशनी सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग महासंघलाई महोत्सव सञ्चालनकालागि उपमहानगरपालिकाको कार्यपालिका बैठकले अनुमति दिएको छ ।


घोराही १४ झिंगौरामा फागुन ३ गतेदेखि १३ गतेसम्म महोत्सव सञ्चालन गर्ने गरि उपमहानगरपालिकाले अनुमति दिएको छ ।