तुलसीपुमा ४ वटा ठेकेदार संस्थालाई अनुमति

तुलसीपुर,४ माघ । तुलसीपुर उपमहानगरपालिका ४ वटा ठेकेदार संस्थालाई अनुमति प्रदान गरेको छ । उपमहानगरपालिकाको छैठौं कार्यपालिका बैठकले ‘घ’ बर्गको निर्माण ब्यबसायी इजाजत पत्र ४ वटा कम्पनी तथा फर्महरुले अनुमति पाएका हुन् ।

तुलसीपुर ५ निवासी सुकबहादुर विकको घनश्याम एण्ड सुस्मिता निर्माण सेवा, तुलसीपुर ७ का शिवराज पोख्रेलको पोख्रेल बन्धु निर्माण सेवा, तुलसीपुर १६ निवासी सृजना डीसीको एमपिएफ कन्ट्रक्सन एण्ड मल्टि प्रपोज प्रालि र तुलसीपुर ६ निवासी सुमन रजौरेको त्रैलोक्य निर्माण प्रालिलाई निर्माण इजाजत अनुमति दिएको हो ।


त्यस्तै तुलसीपुर ११ निवासी खिमबहादुर वलीको बामदेव कन्ट्रक्सन निर्माण ब्यबसायी इजाजत पत्र नविकरण समेत गरिएको छ ।