कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं, १ कार्तिक ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् । कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका हुन् ।

प्रदेशसभा बैठकमा उपस्थित ९१ मध्ये ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिए । राप्रपाका ५ सांसदले भने विपक्षमा मत हालेका छन् । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ । एमालेका ३९ र कांग्रेस नेता डा.शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा गत शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


आइतबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले एमाले र कांग्रेसको कोइराला समूहका एक९एक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।