
तुलसीपुर, ११ फागुन । दाङको तुलसीपुरमा नेकपाका युवा नेता हरिश गिरीको नेतृत्वमा‘युवासंग मास्की’ कार्यक्रम भएको छ । युथ फर प्याराडाइम सिफ्ट’ संस्थाको आयोजनामा नेकपाका तर्फबाट दाङ ३ का उम्मेदवार धनबहादुर मास्की(राजेश)संग युवाहरुको अन्तरक्रिया भएको हो ।
संस्थाका अध्यक्ष समेत रहेका गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मास्कीले पश्चिम दाङमा आफूले गरेको विकास निर्माणको पहलले गर्दा अहिले लहर बढिरहेको बताएका छन् । पश्चिम दाङमा आफूले विगतका चुनाबमा जे वाचा गरेको हो, त्यही अनुसार काम गरेको र अब पनि जे वाचा गरिन्छ, त्यही अनुसार काम गर्ने बताए ।
कार्यक्रममा वाईसिएलका केन्द्रीय अध्यक्ष पुष्प वली, सचिब अमर चन्द(माइकल), जिल्ला इन्चार्ज मार्सल जीसी, केन्द्रीय सदस्य एकराज बस्नेत, जेनजीबाट बसन्त खड्कालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण वाइसिएल नगर सचिब तथा संस्थाका सदस्य किरण वलीले गरेका थिए । त्यस अवसरमा एमाले परित्याग गरि तुलसीपुर १४ का युवा नेता पोषणराज खत्री नेकपामा प्रवेश गरेका छन् ।



लाइभदाङ । ११ फाल्गुन २०८२, सोमबार २२:०७ बजे