लक्ष्मण बस्नेत
तुलसीपुर, १८ भदौ । दाङ तुलसीपुर ८ को गैरिचौरमा सञ्चालित खुला फुटबल प्रतियोगिता २०७८ मा टाईगर युवा क्लब दमारगाउ, रोयल बिजौरी र आर.के फुटबल क्लब टिकरीले बिजयी सुरुवात गरेका छन् ।
बागेश्वरी टोल बिकास संस्थाको आयोजना तथा दुधेना फुटबल क्लबको संरक्षणमा संचालित प्रतियोगिताको आज शुक्रबार भएको उद्घाटन खेलमा सगरमाथा फुटबल क्लबलाई सर्ट एण्ड डेथमा २ का बिरुद्ध ३ गोल अन्तरले पराजित गर्दै टाईगरले बिजयी सुरुवात गरेको हो ।
त्यस्तै रोयल बिजौरीले शिव ज्योती क्लबलाई शून्यका बिरुद्ध ३ गोल अन्तरले पाखा लगाउदै बिजयी सुरुवात ग¥यो । त्यस्तै आयोजक बागेश्वरी टोललाई ट्राईवेकरमा १ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै आर.के फुटबल क्लब बिले बिजयी यात्रा सुरु गरेको हो ।
यसैबिच शनिवार बिहान हुने पहिलो खेलमा एसएस एफए वल्र्ड राईजिङ र आर.के फुटबल क्लब टिकरी ( ए ) भिड्नेछन् । खेल बिहान ७ बजेबाट सुरु हुनेछ । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित मापदण्ड अपनाउदै संचालित प्रतियोगिताको बिजेता टिमले खसी तथा उपबिजेता टिमले नगद सात हजार पाँच सय, मेडल,प्रमाणपत्र हात पार्ने छन् भने खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिने खेल संयोजक चुडामणी बस्यालले जानकारी दिए ।
यसैबिच प्रतियोगिताको उद्घाटन आयोजक बागेश्वरी टोल बिकास संस्थाका अध्यक्ष प्रकास विश्वकर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष बेद बहादुर केसी प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको बिशिष्ट आतिथ्यमा भएको थियो । डोमकान्त पाण्डेको स्वागत रहेको कार्यक्रमको संचालन अविशेक दहालले गरेका थिए ।
लाइभदाङ । १८ भाद्र २०७८, शुक्रबार १९:३२ बजे