दाङ जिल्ला अन्तरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड हुने

लक्ष्मण बस्नेत
दाङ, १४ माघ ।
दाङ जिल्ला अन्तरपालिका स्तरिय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० हुने भएको छ ।
दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद युवा तथा मन्त्रालयको तत्त्वावधान एवं लुम्बिनी खेलकुद परिषदको आर्थिक ब्यबस्थापनमा संचालन हुने प्रतियोगिता यहि माघ २७ गते देखि सुरु हुने भएको हो ।
दाङ जिल्ला खेलकुद बिकास समितीको बिहिवार बसेको बैठकले प्रतियोगिता यहि २७ देखि २९ गते सम्म जिल्लाको रनिङ शिल्ड संचालन गर्ने निर्णय गरेको समितीका कोषाध्यक्ष ध्रुव आचार्यले जानकारी दिनु भएको छ ।
समितिका अध्यक्ष राज कुमार हमाल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाका दस पालिकामा सम्पन्न भैसकेका अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीको फारामहरु माघ २४ भित्र जिल्ला खेलकुद बिकास समितिको कार्यालय बेलझुण्डीमा बुझाई सक्नुपर्ने निर्णय गरेको छ ।
साथै जिल्लाको रनिङ शिल्डमा अघिल्लो वर्षमा विद्यालयबाट सहभागी हुने गरेकोमा यस वर्ष देखि पालिका पालिका बिच प्रतिस्पर्धा हुने भएकोछ । यस्तै भलिबल र कबड्डी खेलमा प्रत्येक पालिकाका छात्र /छात्रा एक एक टिम हुनेछन् ।
व्यक्तिगत बिघा तर्फ भने पालिका स्तरका प्रथम र द्वितिय लाई जिल्लामा सहभागी गराईनेछ । यसैबिच आयोजक जिल्ला खेलकुद बिकास समितिले रनिङ शिल्ड प्रतियोगिता लाई भब्य एवं सभ्य बनाउन आफ्नो तयारी लाई तिव्र पारेको जनाएको छ ।