तुलसीपुरका २८५ जेष्ठ नागरिकलाई न्यानो कपडा

तुलसीपुर, २ माघ ।
दाङ तुलसीपुरका दुईसय ८५ जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरपालिकाका दुईसय ८५ जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । उपमहानगरपालिकाका १९ वटै वडाका जेष्ठ नागरिकलाई बलाङ्केट सहयोग गरिएको उपप्रमुख स्यानी चौधरीले बताउनुभयो ।“हामीले १९ वटै वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छौं”,उहाँले भन्नुभयो“वडाको सिफारिशका आधारमा उहाँहरुलाई ति कपडा वितरण भयो ।”

अतिविपन्न, गरीब, न्यानो कपडा किन्न नसक्नेहरुलाई लक्षित गरि प्रत्येक वडाबाट १५ जनालाई वितरण गरिएको उपप्रमुख चौधरीको भनाई छ । अहिले बजेट न्यून भएकाले प्रत्येक वडाबाट १५ जनालाई मात्रै वितरण गरिएको भएपनि अर्को पटक यसलाई बढाउने लक्ष्य रहेको समेत उहाँले बताउनुभयो । सबै वडा–वडामा पुगेर न्यानो कपडा वितरण गरिएको हो । साथै आगामी बर्षदेखि जेष्ठ नागरिकको घर–घरमै गएर स्वास्थ्य जाँच गर्ने ब्यबस्था समेत मिलाउने बताउनुभयो ।


विपन्न जेष्ठ नागरिकको अबस्था दयनिय भएको भन्दै सहयोग गर्नु सकारात्मक कार्य रहेको जेष्ठ नागरिक मञ्च लुम्बिनी प्रदेशका संयोजक खुमानन्द अधिकारीले बताउनुभयो ।“धेरै जेष्ठ नागरिकहरुले आर्थिक अबस्था कम्जोर हुँदा चिसो खप्नु पर्ने अबस्था छ”,उहाँले भन्नुभयो“यसलाई मध्येनजर गरि जुन कार्यक्रम भएको छ, यो एकदमै सकारात्मक छ ।” साभार : अग्रिम साप्ताहिक