नेताबाटै लोकतन्त्र खतरामा परेको छ : पहाडी

दाङ, २९ पुस ।
मानब अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति कृष्ण पहाडीले राजनीति प्रति जनता आजित भएको बताएका छन् । समाजको २५ औं राष्ट्रिय परिषद बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।‘नेताप्रति जनताको वितृष्ण छ, जनता नेताको भाषणदेखि आजित छन्’,उनले भने ।


साथै उनले परिबर्तन आफैबाट गर्नुपर्ने बताए । अहिले मुलुकमा सत्ता सञ्चालन गर्ने जिम्मा पाएकाहरुबाट नै लोकतन्त्र खतरा भएको समेत बताए । मानब अधिकारको विरुद्धमा गतिबिधि गर्नेहरुलाई पुरस्कृत गर्ने, भ्रष्टाचारको खेति गर्नेहरुलाई अगाडी लैजाने जस्ता गतिबिधिले लोकतन्त्र खतरामा परिरहेको बताए ।