दाङमा ह्वात्तै घट्यो गर्मी

तुलसीपुर, २० जेठ । दाङमा गर्मी ह्वात्तै घटेको छ । गएको विहीबार मात्रै ४०.२ डिग्रिसेल्सियस पुगेको दाङमा आईतबार भने ३२.६ डिग्री सेल्सियसमा झरेकाे छ ।

दाङमा गर्मीले १२ बर्ष यताकै रेकर्ड तोडेको थियो । तर, त्यसको तीन दिनमै ह्वात्तै घटेको छ । शनिबार राति र आईतबार विहान भएको हल्का बर्षादले गर्मी घटेको हो ।


आईतबार दिनभर बदली हुँदा पनि गर्मी घटेको हो । जल तथा मौसम फिल्ड कार्यालय दाङका अनुसार पछिल्लो २४ घण्टामा दाङमा ४ मिलिमिटर बर्षा भएको छ ।