तुलसीपुर,२१ असार ।
दाङको देउखुरीमा सिंचाईकालागि खेतमा गएका एक व्यक्तिको लडेर मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ४१ वर्षिय महेश चौधरी मंगलबार विहान साढे ६ बजेतिर खेतमा सिचाई गर्न गएका बेला लडेका थिए ।
खेतमा लडेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लमही अस्पताल लगे लगत्तै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।
मृतक चौधरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
लाइभदाङ । २१ असार २०७९, मंगलवार १७:३९ बजे