लुम्बिनीमा मुख्यमन्त्री दावी पेश गर्दै

बुटवल, २७ पुस ।
लुम्विनी प्रदेशमा मुख्यमन्त्रीका लागि बुधबार दावी पेश गर्न लागिएको छ । दावी पेश गर्न आज अपरान्ह ४ बजे सम्मको समय पाएकोमा एमाले सहित का दलहरू को समर्थनमा एमाले सम्सदीय दलका नेता लिला गिरीलाई मुख्य मन्त्री नियुक्तीका लागि प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी पेश गरिदै छ । दाबी पेश गर्न दलका नेताहरू अहिले प्रदेश प्रमुखको कार्यालय बुटवल मा उपस्थित भएका छन् ।

लुम्विनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने गरी भएको सहमति अनुसार एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री नियुक्त गर्न आवश्यक सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न लागिएको हो । यहाँ हिजो नै दाबी पेश गर्ने कार्यक्रम बनाइएको भए पनि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियोे ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री ५ वर्षकै लागि एमालेको भागमा परेपछि नेकपा माओवादी केन्द्र लुम्विनी स।सदीय दलको नेतृत्व असन्तुष्ट बनेको थियो  । यहाको असन्तुष्टी लिएर दलका नेता जोखवहादुर महरा काठमाण्डौं पुगेका थिए । उनी काठमाण्डौंमा आलोपालोमा नेतृत्वलाई सहमति गराउन लविङमा ब्यस्त रहेका कारण पनि मंगलवार दलहरुको तयारी प्रभावित वन्न पुगेको थियो । मंगलबार ४ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले बहुमत सांसदहरुसहित आउने जानकारी दिएका थिए । तर उनीहरु आफैले तय गरेको समयमा आउन नसकेपछि सो को जानाकारी प्रदेश प्रमुखको कार्यालयलाई गराएका थिए ।


आज एमालेका माओवादीका, राप्रपा , जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सांसदसहितको हस्ताक्षरमा मुख्य मन्त्रीमा दाबी पेश गरिदै छ । लुम्विनीमा प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०(एक स्वतन्त्र माओवादीमा प्रवेश गरेपछि), राप्रपा र नागरिक उन्मुक्तिका चार/चार तथा जसपा र जनमत पार्टीका तीन/तीन जना सांसद छन् । स्वतन्त्रबाट निर्वाचित २ सांसद पनि रहेका छन । यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक सांसद छन् ।